यस जनअधिकार सरोकार महांसघ नेपालको उद्देश्य देहाय बमोजिम रहेको छ ः
जनअधिकार र सरोकारका क्षेत्रमा शसक्त आवाज उठाउने ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यरत समान प्रकृतिमा काम गर्ने प्रतिनिधिमूलक संघ संस्थाहरूसँग कार्यगत एकता र सहकार्य गर्ने,
मानव अधिकार र शान्ति स्थापनाका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पैरवी, प्रकाशन, अनुगमन, नेटवर्किङ, प्रतिवेदन प्रकाशन गर्ने ।
मानव अधिकार तथा जनसरोकारका विरुद्धमा हुने सबै किसिमका गतिविधिहरूको बिरुद्दमा अभियान सञ्चालन गर्ने ।
उद्यमशीलता सृजना गरी गरिबी न्यूनिकरणमा सहयोग पुयाउने किसिमको कार्यक्रमहरू सञ्चालन गर्ने ।
सीप अभिवृद्धि तालिम, रोजगारमूलक तालिम, सीप विकास तालिम, ब्यवसायजन्य तालिम, अभिमुखीकरण तालिम, नेतृत्व तथा क्षमता विकास तालिम, उद्यमशीलता विकास तालिम आदी सञ्चालन गर्ने ।
बिभिन्न विषयमा अध्ययनै, अनुसन्धान, अनुगमन, मूल्यांकन र तथ्याङ्क संकलन गर्ने ।
कृषि, स्वास्थ्य र शिक्षा सम्बन्धि विविध कार्यक्रमहरू सञ्चालन गर्ने ।
वैकल्पिक उर्जाको प्रबर्द्धन सम्बन्ध कार्य, शान्ति तथा पुनर्निमाण सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने ।
बिभिन्न किसिमका सेमिनार, कार्यशाला, तालिम, अभिमुखीकरण, सभासम्मेलन, समुदाय भेला, युवा सम्मेलन, याली, अभियान, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
कला संस्कृति, भाषा, ज्ञान, सीप र प्रविधि संरक्षण र विकास, प्रकोप न्यूनिकरण, सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बद्ध, चेतनामूलक अभियान, ग्रामीण खानेपानी तथा सरसफाइ कार्य गर्ने
स्थानीय शासन, सामाजिक परिचालन, र सामुदायिक विकास सम्बन्धि काम गर्ने ।